काभा यू–१९ महिला भलिबलमा नेपालको दोस्रो जित
कार्तिक २०, २०८२ | काठमाडौं
श्रीलंकामा जारी काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
कोलम्बोमा आज भएको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । नेपालले माल्दिभ्सलाई २५–७, २५–१० र २५–११ ले हरायो । दोस्रो जितपछि नेपाल तीन खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा छ ।
कीर्गिस्तान ५ अंकसहित दोस्रो स्थानमा छ भने श्रीलंका ३ अंकसहित तेस्रो स्थानमा छ । चार टिम सहभागी प्रतियोगितामा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ ।
त्यसपछि लिग चरणको अंकतालिकाको आधारमा सेमिफाइनल खेल हुनेछ । लिग चरणपछि शीर्ष स्थानमा रहने टोली चौथो स्थानमा रहने टोली तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच सेमिफाइनल खेल हुनेछ ।










