पाकिस्तानले छैटौं पटक जित्यो हङकङ सिक्सेकको उपाधि

कार्तिक २३, २०८२ | काठमाडौं

हङकङ सिक्सेक क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । 

फाइनलमा कुवेतलाई पराजित गर्दै पाकिस्तानले उपाधि उचालेको हो । पाकिस्तानले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको कुवेत ५ दशमलव १ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको थियो । पाकिस्तानले सो प्रतियोगिताको उपाधि छैटौं पटक जित्न सफल भएको छ ।

 प्रतियोगितामा यसपटक नेपालसहित अफगानीस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इंग्ल्याण्ड, यूएई, भारत, पाकिस्तान, कुवेत, बंगलादेश, हङकङ र श्रीलङ्का सहभागी थिए । 


प्रतिक्रिया