ब्राजिलद्धारा सेनेगल पराजित

कार्तिक ३०, २०८२

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटवलमा ब्राजिलले सेनेगललाई २–० ले पराजित गरेको छ । गएराती लण्डनको एमिरेट्स स्टेडियममा भएको खेलमा दुवै गोल पहिलो हाफमै भएको थियो । ब्राजिलका लागि पहिलो गोल २८ औँ मिनेटमा एस्टेवाओले गरे । त्यसको ७ मिनेटपछि कासेमिराले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । 

रोड्रिगोको फ्रि किकबाट आएको बल नियन्त्रणमा लिएर उनले गोल गरेका थिए । खेलमा सेनेगलले पनि केही मौका बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा इस्माइला सारको प्रहार एडर्सनले रोकेका थिए । दोस्रो हाफमा इलिमानको प्रहार पोस्ट लागेको थियो । 


प्रतिक्रिया