यू–१९ एशिया कप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित
पुस २, २०८२ | काठमाडौं
एसीसी पुरुष यू–१९ एशिया कप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २५ रनको लक्ष्य अफगानिस्तानले २५ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानका उजैरुल्लाह नियाजाईले सर्वाधिक ६१ रन बनाए ।
नेपालका अभिषेक तिवारीले २ विकेट लिए ।यसअघि संयुक्त अरब इमिरेट्स यूएईको दुबईस्थित द सेभेन्स स्टेडियममा अफगानीस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२, चन्दन रामले २७, अभिषेक तिवारीले २० रन बनाए ।
अफगानिस्तानका शाहीनले ३ विकेट लिए ।नेपाल र अफगानिस्तान दुवै यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । नेपाल समूह चरणको पहिलो खेलमा श्रीलंकासँग ८ विकेट र दोस्रो खेलमा बंगलादेशसँग ७ विकेटले पराजित भएको थियो ।आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा पुगिसकेका छन् । एसीसी १९ वर्षमुनिको एशिया कपको फाइनल खेल आगामी सोमवार हुनेछ ।










