टी–२० विश्वकपको ट्रफी नेपालमा
पुस २१, २०८२ | काठमाडौं
भारत र श्रीलंकामा आगामी फेब्रुअरीमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइएको छ । राष्ट्रपति भवन शितल निवासमाआज आयोजित कार्यक्रममा सो ट्रफी सार्वजनिक गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रिय पुरुष टिमका कप्तान रोहितकुमार पौडेल, महिला टीमका कप्तान इन्दू वर्मा, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा ट्रफी सार्वजनिकगर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले विश्वकपको ट्रफी नेपाल आउनु गौरवपूर्ण भएको भन्दै आईसीसीलाई धन्यवाद व्यक्त गर्नुभयो । विश्वकपको ट्रफी भोली बिहान पोखरा र दिउँसो काठमाडौंको बसन्तपुर दरबार क्षेत्र तथा पर्सि बौद्धनाथ स्तुप परिसरमा प्रदर्शनी गरिने क्यानले जनाएको छ ।








