राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मीद्वारा मनाङ मर्स्याङ्दी पराजित
माघ ३, २०८२ | काठमाडौं
राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको छ । आजको दोस्रो खेलमा आर्मी क्लवले मनाङलाई ५–० गोलको अन्तरमा पराजित गरेको हो ।
आर्मीको जितमा निराजन धामीले २, नवीन लामा, नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्कीले समान १ गोल गरेका थिए । यसअघि पहिलो खेलमा चित्लाङ एफसीले नव जनजागृति क्लवलाई पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा चित्लाङले २–१ गोल अन्तरको जित हात पारेको हो । खेलको २८ औं मिनेटमा चित्लाङले अग्रता लिएकोमा नव जनजागृतिले ८ मिनेटपछि बराबरी गोल गरेको थियो । तर चित्लाङले ६२ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेको हो ।









