नेपालले यूएईसँग वार्मअप म्याच खेल्दै
माघ २०, २०८२ | काठमाडौं
विश्वकपअघि नेपाली क्रिकेट टिमले आज यूएईसँग आधिकारिक वार्म अप म्याच खेल्दैछ ।
आईसीसी मेन्स टी–२० विश्वकपको वार्म अप खेलमा नेपालले युएईको सामना गर्न लागेको हो ।
चेन्नाईको एमए चिदाबरम स्टेडियममा हुने खेल साँझ सभा ५ बजे सुरु हुनेछ ।
आईसीसी मेन्स टी–२० विश्वकप अन्तर्गत आधिकारिक वार्म अप खेल हिजोबाट सुरु भएको हो ।
आजको म्याच छैटौँ हो । फेब्रुअरी ७ बाट भारत र श्रीलंकामा विश्वकप सुरु हुँदैछ ।
सबै खेल कान्तिपुर म्यासमा प्रत्यक्ष प्रसारण हुनेछन् ।









