साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनल खेल्ने नेपालको सम्भावना कायम

रेडियो कान्तिपुर संवाददाता

माघ १९, २०८२ | काठमाडौं

नेपालले साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल्ने सम्भावना कायम राखेको छ । पोखरा रंगशालामा आज सम्पन्न खेलमा नेपालले भुटानलाई २–० गोलले पराजित ग¥यो ।

नेपालको यो पहिलो जित हो।नेपाल पहिलो खेलमा भारतसँग१–० ले पराजित भएको थियो। जितसँगै नेपाल अंक तालिकामा भारतलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ। दुबै टोलीको समान २ खेलबाट ३ अंक भएपनि गोलअन्तरमा नेपाल अगाडि छ। 

भारतले भने आजै भएको पहिलो खेलमा साबिक विजेता बंगलादेशसँग २–० को हार बेहोरेको थियो । भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा बंगलादेशसँग भुटान १२–० ले पराजित भएको थियो।

अब नेपालले अन्तिम खेल पर्सि बुधबार बंगलादेशसँग खेल्नेछ। भुटानले भने भारतसँग खेल्नेछ। अंक तालिकाका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।


प्रतिक्रिया