बुढासुब्बा गोल्डकपमा धरानको विजयी सुरुवात
माघ २२, २०८२ | सुनसरी
आयोजक धरान फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
धरान रंगशालामा आज सम्पन्न उट्घाटन खेलमा घरेलु टोलीले भारतको जर्जियन क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गरेको हो ।
खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले एक÷एक गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।








