साफ यू–१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि

माघ २४, २०८२ | पोखरा

साविक विजेता बंगलादेशलाई ४–० ले पराजित गर्दै भारतले साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा भारतले चमत्कारिक खेल प्रदर्शन गर्दै उमेर समूहमा तेस्रो पल्ट उपाधि हात पारेको हो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्दै गोल अन्तर फराकिलो बनायो ।

 यसअघि बंगलादेशले लिग चरणमा भुटानलाई १२–०, भारतलाई २–० र नेपाललाई ४–० ले हराएर ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवश गरेको थियो । भारतले भने नेपाललाई १–० र भुटानलाई ८–० ले हराएर ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो । 

महिला उमेर समूहमा यसअघि बंगलादेश तीनपल्ट च्याम्पियन बनेको छ । यसअघि दुईपल्ट फाइनल प्रवेश गरेको नेपाल यसपल्ट भने लिग चरणबाटै बाहिरिएको थियो ।


प्रतिक्रिया