झापा गोल्डकप : घरेलु टोली अन्तिम चारमा प्रवेश

रेडियो कान्तिपुर संवाददाता

माघ २६, २०८२ | काठमाडौं

आयोजक झापा–११ फुटबल क्लब झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै घरेलु टालीले अन्तिम चारमा स्थना सुरक्षित गरेको हो । 

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । प्रतियोगिता अन्तर्गत भोली हुने दोस्रो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लब र पोखराको लालीगुराँस एसोसिएसन नेपाल भिड्ने छन् । 


प्रतिक्रिया