झापा गोल्डकप फुटबल : एपीएफ क्लब फाइनलमा प्रवेश

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १, २०८२ | झापा

विभागीय टोली एपीएफ क्लब झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै एफिएफले फाइनल यात्रा तय गरेको हो। 

एक गोलले पछि परेको अवस्था उल्टाउँदै एपिएफले खेल आफ्नो पक्षमा पारेको हो । एपिएफले अब उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुबटल क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल भोली हुनेछ ।


प्रतिक्रिया