टी ट्वान्टी विश्वकप क्रिकेटमा जिम्बाबेसँग अस्ट्रेलिया पराजित
फाल्गुन १, २०८२ | काठमाडौं
टी ट्वान्टी विश्वकप क्रिकेटमा जिम्बाबेले अस्ट्रेलियालाई पराजित गरेको छ । १ सय ७० रनको लक्ष्य पाएको अस्ट्रेलियालाई १ सय ४६ रनमा रोक्दै जिम्बाबेले २३ रनको जित हात पारेको हो । म्याट रेन्सहले ६५ रन बनाएपनि अस्ट्रेलियालाई जिताउन सकेनन् ।
सो क्रममा जिम्बाबेका ब्लेसिङ मुजरबानीले ४ र ब्राड इभान्सले ३ विकेट लिएका थिए । यसअघि जिम्बाबेले २० ओभरमा दुई विकेट गुमाएर १ सय ६९ रनको योगफल तयार पारेको थियो । जितपछि जिम्बाबे दुई खेलबाट ४ अंकसहित समूह बीको दोस्रो स्थानमा छ । समान ४ अंक भएपनि श्रीलंका रनरेटमा पहिलो स्थानमा छ । अस्ट्रेलिया भने २ अंकसहित तेस्रो स्थानमा छ ।








