एन्फाको निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ४, २०८२ | काठमाडौं

नेपाली फुटवलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक भएको छ ।एन्फा निर्वाचनका विरुद्धमा परेको रिटसम्बन्धी पाटन उच्च अदालतले दिएको अन्तरिम आदेशपछि निर्वाचन स्थगित भएको थियो ।

सो आदेश खारेज भएपछि एन्फा निर्वाचन समितिले नयाँ तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार एन्फा अध्यक्षका लागि यहि फागुन २७ मा मतदान हुनेछ । 

निर्वाचन तालिका अनुसारभोली मताधिकार प्रतिनिधि तथा विवरण एन्फा सचिवालयले निर्वाचन समितिलाई बुझाउनु पर्नेछ ।फागुन ८ गते उम्मेदवार तथा मताधिकार प्रतिनिधीहरुको नामावली प्रकाशन हुनेछ । 

फागुन १४ गते उम्मेदवार तथा मताधिकार प्रतिनिधिहरु विरुद्ध दाबी विरोध गर्ने अन्तिम मिति तोकिएको छ । त्यसपश्चात् अन्तिम नामावली प्रकाशन गरेपछि फागुन २७ मा मतदान हुने एन्फाले जनाएको छ । 


प्रतिक्रिया