न्युकासललाई पराजित गर्दै आर्सनलमाथि सिटीको दबाब

फाल्गुन १०, २०८२ | काठमाडौं

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई २–१ ले पराजित गरेको छ । इतिहाडमा भएको खेलमा सिटीका लागि दुवै गोल निको ओ रिलेले गरे । न्युकासलका तर्फबाट लेविस हलले एक गोल फर्काए ।

 जितसँगै म्यानचेस्टर सिटिले उपाधि होडमा आर्सनलमाथि दबाब सिर्जना गरेको छ । दुवैले २७ खेल खेल्दा आर्सनल ५८ अंकमा शीर्षमा छ । सिटी भने ५६ अंकमा रह्यो । यस्तै, अर्को खेलमा ब्राइटनले ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दै जित्न सफल रह्यो । 

अन्य खेलमा एस्टन भिल्ला र लिड्स युनाइटेडले १–१, चेल्सी र बर्नलीले १–१ तथा वेस्ट ह्याम र बर्नमाउथले गोलरहित बराबरी खेलेका छन् । त्यस्तै लिगमा भिल्ला ५१ र चेल्सी ४५ अंकमा शीर्ष चार भित्र अटाएका छन् । 


प्रतिक्रिया