भुवन नगरकोटी २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल
चैत्र ६, २०८२ | काठमाडौं
२६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन् । आज इभन–पार ६९ खेलेका उनले समग्रमा ३–अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल रहे ।
उनको यो करियरको १४ औं उपाधि हो । उपाधिसँगै उनले १ लाख ७० हजार रुपैयाँ प्राप्त गरे । आज ४–अन्डर ६५ खेल्दै समग्रमा २–अन्डर २ सय ५ को स्कोरमा सञ्जय दोस्रो भए । उनले १ लाख २५ हजार रुपैयाँ हात पारे ।
यसैबीच, राहुल विश्वकर्माले ४–अन्डर ६५ को स्कोरकार्ड बनाउँदैे एमेच्योरतर्फको उपाधि जितेका छन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडी सहभागि थिए ।









