महिला एशियन कप फुटबलको उपाधि जापानलाई
चैत्र ७, २०८२ | काठमाडौं
महिला एशियन कप फुटबलको उपाधि जापानले जितेको छ । आयोजक अस्ट्रेलियालाई १–० ले पराजित जापान च्याम्पियन भएको हो । घरेलु टोली अस्ट्रेलियाको सिड्नीमा ७४ हजार ३ सय ९७ दर्शकको उपस्थितिकाबीच जापाले उपाधि उचाल्न सफल भएको हो ।
खेलको निर्णायक गोल १७ औँ मिनेटमा भएको थियो । अष्ट्रेलियाले खेलभरि केही उत्कृष्ट अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । यससँगै अष्ट्रेलिया जापानसँग लगातार तेस्रो पटक एशियन कपको फाइनलमा पराजित भएको छ ।
यसअघि पनि २०१४ र २०१८ मा जापानसँगै अस्ट्रेलिया पराजित भएको थियो । अष्ट्रेलियाले सन् २०१० मा प्रतियोगिताको उपाधि जितेको थियो ।










