आयरल्याण्डको पुरुष राष्ट्रिय क्रिकेट टोलिले नेपालको भ्रमण गर्ने

रेडियो कान्तिपुर संवाददाता

चैत्र ७, २०८२ | काठमाडौं

आयरल्यान्डको पुरुष राष्ट्रिय क्रिकेट टोलीले नेपाल आएर एकदिवसीय र टी–२०सिरिज खेल्ने भएको छ । क्रिकेट आयरल्यान्डले आफ्नो आगामी अन्तर्राष्ट्रिय खेल तालिका सार्वजनिक गर्दै नेपाल भ्रमण गर्नेबारे जानकारी दिएको हो ।

 यस भ्रमणलाई नेपाल र आयरल्यान्डबीच सुरु हुन लागेको पाँच वर्षे रणनीतिक सहकार्यको महत्वपूर्ण अंशका रुपमा हेरिएको छ । सार्वजनिक तालिका अनुसार आयरल्यान्डले अगस्ट २०२६ मा आफ्नो घरेलु मैदानमा अफगानिस्तानसँग पाँच एकदिवसीय खेल खेलेपछि नेपालको भ्रमण गर्नेछ । 

नेपाल भ्रमणका क्रममा हुने सिरिज ‘ह्वाइट बल’ ढाँचामा हुनेछ, जसमा एकदिवसीय र टी–२० दुवै प्रकारका खेल समावेश गरिनेछन् । यसअघि आयरल्याण्डको ए टोलीले नेपालको भ्रमण गरिसकेको छ ।  


प्रतिक्रिया