नेपाल र युएईबीचको टी–२० आई सिरिज आजबाट

वैशाख ७, २०८३ | काठमाडौं

नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीच दुई खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज आजबाट सुरु हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ ।

नेपालमा पहिलो फ्लट लाइटमा अन्तर्राष्ट्रिय खेल आयोजना हुन लागेको हो ।

नेपालले दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपाल र युएई हालसम्म टी–२० आईमा ११ पटक आमने सामने भएका छन् ।

सो खेलको नतिजा अनुसार नेपाल ६ तथा युएई ५ पटक विजयी भएका छन् ।

पछिल्लोपटक यी दुई टोली आईसीसी ट्वान्टी विश्वकप एसिया–ईएपी छनोटमा भिडेका थिए जहाँ नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो ।

सिरिजको दोस्रो तथा अन्तिम खेल भोली हुनेछ ।


प्रतिक्रिया