नेपाल युएईबीचको टी-२० आई सिरिजको दोस्रो खेल आज

वैशाख ८, २०८३ | काठमाडौं

नेपाल र संयुक्त अरब इमिरेट्स यूएईबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको दोस्रो तथा अन्तिम खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । 

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो । 

खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डीएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । 

जबाफमा युएईले ८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । सिरिजमा यूएई १–० ले अघि छ । 

नेपाल घरेलु मैदानको फाइदा उठाउँदै सिरिज बराबरी गर्ने योजनासहित मैदान उत्रदै छ ।


प्रतिक्रिया