स्पेनिस ला लिगामा मड्रिड र बेटिस विजयी
वैशाख ९, २०८३ | काठमाडौं
स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा रियाल मड्रिडले डिपोर्टिभो अलाभेजविरुद्ध २–१ को जित निकालेको छ ।
रियललाई जित दिलाउन घरेलु मैदानमा गएराति भएको खेलमा केलिया एम्बापे र भिनिसियस जुनियरले एक÷एक गोल गरे ।
डिपोर्टिभोका टोनी मार्टिनेजले एक गोल फर्काए । जितसँगै रियाल ७३ अंक सहित दोस्रो स्थानमा छ ।
डिपोर्टिभो ३३ अंकका साथ तालिकाको १७औँ स्थानमा छ ।
अर्को खेलमा रियाल बेटिसले जिरोनालाई ३–२ ले हरायो ।
बेटिसले मार्क रोका, एब्डे इजाल्जौली र रोड्रिगो रिकेल्मेको गोलबाट जिरोनालाई उसैको घरेलु मैदानमा पराजित गर्यो ।
जिरोनाका भिक्टोर सेगन्कोभ र एजेडिने ओयूनाहीले गोल गरेपनि हार टार्न सकेनन् ।
जितसँगै बेटिस ४९ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ । जिरोना भने ३८ अंकका साथ तालिकाको ११औँ स्थानमा छ ।









