ईपीएलमा म्यान सिटीको जित
वैशाख १०, २०८३ | काठमाडौं
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीलाई १–० ले पराजित गर्दै अंक तालिकाको शीर्षमा उक्लेको छ ।
टर्फ मुरमा गएराति भएको खेलमा सिटीका लागि एक मात्र गोल इर्लिङ हालान्डले गरे । हारले बर्नली भने रेलिगेसनमा पर्ने दोस्रो टिम बन्यो ।
पछिल्ला पाँच सिजनमा बर्नली प्रिमियर लिगबाट रेलिगेसनमा परेको यो तेस्रो पटक हो । यसअघि उल्भ्स पनि रेलिगेसनमा परेको थियो ।
सिटी भने जितपछि ७० अंकका साथ शीर्ष स्थानमा छ । समान अंक भएको आर्सनल गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा बर्नमाउथ र लिड्स युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन् ।








