स्पेनी ला लिगामा बार्सिलोना विजयी

वैशाख १०, २०८३ | काठमाडौं

बार्सिलोनाले स्पेनी ला लिगा फुटबलको पछिल्लो खेलमा सेल्टा भिगोलाई १–० ले हराएको छ ।

बार्सिलोनालाई गएराति घरेलु मैदानमा जित दिलाउन लामिन यामलले पेनाल्टीमार्फत गोल गरे ।

जितसँगै बार्सिलोनाको ३२ खेलबाट ८२ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि नौ अंकको अग्रता हो ।

सेल्टा भिगो ४४ अंकमा सातौं स्थानमा छ । गएरातिनै भएको अर्को खेलमा गेटाफेले रियल सोसिडाडलाई १–० ले पराजित गर्याे ।

गेटाफे ४४ अंकका साथ छैटौं स्थानमा छ भने रियल सोसिडाड ४२ अंकसहित आठौं स्थानमा छ ।


प्रतिक्रिया