लेबनानलाई २५ करोड ३० लाख युरो सहयोग

श्रावण २६, २०७७ | काठमाडौं

बेरुत विष्फोटका कारण आर्थिक संकटमा परेको लेबनानलाई २५ करोड ३० लाख युरो सहयोग गर्ने विश्व समुदायले प्रतिबद्धता जनाएका छन् । फ्रान्सको अगुवाइमा भएको सम्मेलनमा तत्काल मानविय सहायतामा सो रकम खर्च गर्ने सहमती भएको छ । 

इन्टरनेट मार्फत भएको सम्मेलनमा कुनै राजनीतिक परिवर्तनका सर्त विना सहयोग गर्ने सहमति बनेको रोयटर्सले उल्लेख गरेको छ । यद्यपि, सहायता रकमको खर्चको पारदर्शी विवरण अन्तराष्ट्रिय समुदायलाई बुझाउनुपर्ने सर्त राखिएको छ । 

अन्तर्राष्ट्रिय सहयोगका लागी संयुक्त राष्ट्रसंघले समन्वय गर्नेछ । बेरुतमा भएको विष्फोट पछि लेबनानमा सरकार विरोधी प्रदर्शन चर्किदा आर्थिक संकटले राजनीतिक संकट निम्त्याएको छ । बिष्फोटमा परी २ लाख ५० हजार मानिस घरबार विहिन भएका छन् भने ब्यापार ब्यवसाय ध्वस्त भएको छ । खाद्यान्नको आपुर्ती प्रणाली अवरुद्ध बनेको छ ।


प्रतिक्रिया