ईङल्याण्डबिरुद्धको पहिलो टेष्टमा पाकिस्तान बलियो

श्रावण २३, २०७७ | काठमाडौं

ईङल्याण्डबिरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो ईनिङसमा पाकिस्तान बलियो बनेको छ । पहिलो ईनिङसमा ३ सय २६ रन बनाएको पाकिस्तानले दोस्रो दिनको खेल जारी रहदा घरेलु टोली ईङल्याण्डबिरुद्ध कसीलो बलिङ गरेको छ । 

दिनको समाप्तीमा घरेलु टोलीले ४ विकेट गुमाएर ९२ रन बनाएको छ । यो अवस्थामा ईङल्याण्ड २ सय ३४ रनले पछि छ । माथील्लो क्रमका रोरी बुनर्स ४, डोम सिब्ले ८ र कप्तान जोए रुट १४ र बेन स्टोक्स शुन्य रनमै आउट भएपछि घरेलु टोली कमजोर बनेको हो । ओईली पोपे ४६ र जस बटलर १५ रनमा क्रिजमा छन् । पाकिस्तानका महम्मद अब्बासले २ तथा साहिन अफ्रिदि र यासिर शाहले समान एक विकेट लिए । 

२ विकेट गुमाएर १ सय ३९ रनको अवस्थाबाट दोस्रो दिनको खेल थालेको पाकिस्तान थप १ सय ८७ रन जोड्दा अलआउट भएको थियो । सान मसुदले सर्बाधिक १ सय ५६ र बाबर अजामले ६९ रन बनाएको ईनिङसमा सदाब खानले ४५ र अबिद अलीले १६ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

ईङल्याण्डका स्टुआर्ड ब्रोड र जोफ्रा आर्चरले समान ३ तथा क्रिस वोग्सले २ विकेट लिए । जेम्स एण्डरशन र डोम वेसले समान एक विकेट लिए ।  


प्रतिक्रिया