समान सबै जात हजुर सार्वजनिक

असार ९, २०७७ | काठमाडौं

– जातीय विभेद विरुद्ध सचेतना जगाउने उद्देश्यको गीत ’समान सबै जात हजुर’ सार्वजनिक भएको छ । रुकुम पश्चिममा नवराज विक सहित ६ जना युवाहरुको जातकै कारण हत्या भएको अवस्थामा आन्दोलन र धर्ना जारी रहँदा काठमाडौँको नयाँ बानेश्वरमा आयोजित धर्ना कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।

नयाँ बानेश्वरमा जारी प्रर्दशनका क्रममा गीतको कंग्रेस नेता जीवन परियार, साझा पार्टीका नेता एवं सामाजिक अभियन्ता प्रकाश चन्द्र परियार, रेम विश्वकर्मा लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

रुकुममा नवराज विक सहित टिकाराम सुनुवार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सन्जु बिक र गोविन्द शाहीको हत्या भएको थियो । सोही हत्याको विरोधमा काठमाडौा लगायत मुलुकका विभिन्न स्थानमा विरोध जारी रहादा सर्मथनमा गीत सार्वजनिक भएको हो ।

दीपेन्द्र रसाइलीको शब्द र संगित रहेको गीतमा स्वयं रसाइली र उर्मिला लाम्गादेको स्वर रहेको छ । रुकुमको चौरजहारीमा भएको घटना विरुद्ध सचेतना जगाउने उद्देश्यले गीत तयार पारिएको गायिका लाम्गादेले बताइन् ।

गीतमा दलित समुदायले लामो समय देखि भोग्दै आएको विभेद विरुद्ध लड्न आव्हान गरिएको छ । नेपाल टेलिभिजनको चर्चित टेलिसिरियल दलनमा समेत अभिनय गरेकी गायिका लाम्गादेले समान सबै जात हजुर बोलको गीतले समाजको वास्तविक चरित्र बोलेको बताइन् । रुकुम पश्चिममा नवराज विक सहित ६ जना युवाहरुको जातकै कारण हत्या भएको अवस्थामा सर्वजनिक भएको

गीतले जातीय विभेद विरुद्ध गतिलो सन्देश दिएको छ ।

गायक रसाइलीले आफ्नो गीतले समाजमा लामो समयदेखि विद्यमान विभेद विरुद्ध समानताको आवाज उठाएको बताए ।

गीतमा श्रमको सम्मान गर्ने देखि खुसी बााड्ने सम्मका भावहरु समेटिएका छन् । मन उज्यालो पारे संसार उज्याले हुने बताउँछन् गायक रसाइली ।


प्रतिक्रिया