खेम भण्डारीले ल्याए तीजको कोसेली, 'घिन्की पकनी’

असार २६, २०७७ | काठमाडौं

विश्वव्यापी महामारी कोरोना कहर माझ पनि दर्शक श्रोतालाई मनोरञ्जन दिन कलाकारहरु लागि परेका छन् । यस्तैमा लोकगायक खेम भण्डारीले तीजको कोशेली ल्याएका छन् । हाम्री आमाले पकाएको रोटी, सेल हो कि ठकनी बोलको तीज गीतमा उनले गाउँघरमा प्रचलित मिठा शब्दको हाइब्रीड संयोजन गरेका छन् । भण्डारीकै शब्द रहेको गीतमा स्वर पनि उनकै छ । सन्तोष सुनामले एरेन्ज गरेको गीतको प्राविधिक पाटो भने मानबहादुर बराल मगरले सम्हालेका छन् ।

धनबहादुर थापामगरको कोरियोग्राफी र आदर्श थापामगरको ग्राफिक डिजाइन रहेको गीतका सहायक क्यामेरापर्सन मिथुन थापा हुन् । गीतको सम्पादन, सिनेमेटोग्राफी र निर्देशन बालकुमार मगरले गरेका छन् । गीतमा भरत गुरुङ र करन थापामगरले कोरसमा साथ दिएका छन् भने गीतको भिडियोमा सपना परियार, रमिता गुरुङ, अन्जना राना, सुप्रिया केसी लगायत फिचर्ड छन् । गायक भण्डारीले यसअघि पनि कलाकारको जिन्दगी, त्यो डाँडा पारी, मै नाच्छु लगायत झण्डै डेढ दर्जन भन्दा बढी गीत पस्किसकेका छन् ।

कोरोनाको महामारीका बीचमा न्यूनतम मापदण्ड समेतलाई अवलम्वन गर्दै सिमित साधन श्रोतका साथ दर्शक श्रोताका लागि यसपालीको तीजको कोसेली ल्याएको उनले बताएका छन् । 


प्रतिक्रिया