'गाईजात्रा विशेष' कार्यक्रम साउन १५ देखि हुने

असार २९, २०७७ | काठमाडौं

‘कोभिड–१९’ को त्रास र पीडाका बीच गाईजात्रा विशेष कार्यक्रम साउन १५ गतेदेखि हुने भएको छ । 

कोभिड १९ को त्रासका कारण यो बर्ष विभिन्न टेलिभिजन तथा डिजिटल प्लेटफर्महरु मार्फत कार्यक्रम प्रसारण हुने आयोजक ब्राण्डवर्थ प्रालिले जनाएको छ । कोरोना संक्रमण फैलावटको जोखिम न्यूनीकरणका लागि सरकारले अपनाएको मापदण्डभित्र रहेर डिजिटल माध्यमबाट यो बर्ष कार्यक्रम प्रसारण गर्न लागिएको ब्राण्डवर्थका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिनुभयो ।

कलाकार मनोज गजुरेलका विभिन्न प्रस्तुतीमध्ये विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेससको नक्कलको टिजर सार्वजनिक भई सकेको छ । महामारीबाट अन्योलग्रस्त र त्रसित भएका मनहरुलाई हौसला र उत्पेरण दिने प्रयासस्वरुप कार्यक्रम गर्न लागि भएको कलाकार गजुरेल बताउनुहुन्छ । 

कार्यक्रममा कलाकारहरु शैलेन्द्र सिंखडा, यमन श्रेष्ठ, पशुपती शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे, राजा राजेन्द्र लगायत कलाकारको पनि प्रस्तुती रहनेछ ।

त्यसैगरी यो बर्ष पहिलो कमेडी च्याम्पियन हिमेश पन्त, दले दाई, खबपु, मेक्सम गौडेल, सुमन कार्की लगायतका प्रस्तुती पनि हेर्न सकिने आयोजकले जनाएको छ ।

साथमा, सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुबोध गौतम, दिनेश काफ्ले, सुमन कार्की, दीपकआचार्य ‘काकु’, रवी डंगोल, पुर्ण थापा, बबिता बानियाँ ‘जेरी’, सुनिता गौतम ‘मुईया’, शन्देश लामिछाने ‘बट्टारे’, रुबिना अधिकारी, अर्जुन दहाल, भरतमणी पौडेल, टेक बहादुर कोईराला, रत्नावली शर्माले पनि प्रस्तुती दिनेछन् ।


प्रतिक्रिया