लिन आउँछु भन्दै लाम्गादे

भाद्र २६, २०७७ | काठमाडौं

गायिका उर्मिला लाम्गादे नयाँ गीत लिएर आएकी छन् । लिन आउँछु भन्थ्यौ भन्ने बोलको गीत बुढा सुव्वा डिजिटल मार्फत युट्युवमा सार्वजनिक गरिएको हो ।

लाम्गादेकै स्वरको गीतमा संगीत अर्जुन पोख्रेलले दिएका छन् । शव्द भने दिग्गज धौरालीको रहेको छ । लोक आधुनिक शैलीको गीतमा अहिलेकी चर्चित नायिक पुजा शर्मा र राज कटुवालको अभिनय रहेको छ । गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् ।

लोक आधुनिक शैलीको गीतको शव्द र संगित मन परेर आफुले गीत गाएको गायिका लाम्गादेले बताईन् । गीतलाई दर्शक श्रोताले पनि मन पराउने उनको अपेक्षा छ । विभिन्न गीतमा आवाज भरिसकेकी गायिका लाम्गादेले केही समय पहिले रुकुम चौरजहारी भएको घटनामा आधारित जातीय विभेद विरुद्धको चेतनामुलक गीत गाएकी थिइन् ।

गायिका लाम्गादेले भनिन्, ‘यसअघी पनि मैले विभिन्न शैलीका गीत गाएको थिएँ । यो गीतको शव्दले मन छोयो । अर्जुन पोख्रेलको संगितमा गाउन पाउँदा आफुलाई भाग्यमानी ठानेको छु । दर्शक श्रोताले पनि उत्तिकै माया गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’


प्रतिक्रिया