नेप्से ३७ अंकले उकालो लाग्यो, कारोबार रकम पनि बढ्यो

श्रावण २६, २०७७ | काठमाडौं

सेयर कारोबार हुने साताको दोस्रो दिन धितोपत्र बजारमा उल्लेख्य अंकले सुधार देखिएको छ । बजार परिसूचक नेप्से सोमबार ३७ दशमलव ७४ अंकले बढेर एक हजार ४ सय ३० दशमलव ४१ बिन्दुमा पुगेको छ । 

नेप्से २ दशमलव ७१ प्रतिशतले वृद्धि भएसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ५८ करोड रुपैयाँले बढेको छ । नेप्सेमा आज एक अर्ब ५५ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आइतबार ११ अंकले उकालो लागेको नेप्सेमा ९७ करोड ७८ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो । नेप्सेमा आज कुल १ सय ८९ कम्पनीका ३४ हजार ६ सय २३ कारोबारबाट ४२ लाख ५२ हजार ८ सय ८ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेमा आज आज कारोबार भएका मध्ये म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी निर्जीवज बीमा कम्पनी समूहको उपसूचक २ सय ८३ दशमलव ८ अंकले उकालो लागेको छ ।

यस्तै, जीवन बीमाको २ सय २३ दशमलव १५, लघुवित्तको ७१ दशमलव ५७, होलटको ५८ दशमलव १, विकास बैंकको ५५ दशमलव ४१ र उत्पादन मूलक कम्पनी समूहको उपसूचक ५४ दशमलव ८६ अंकले उकालो लागेको छ । 


प्रतिक्रिया