नौ महिनामा ११ खर्ब ६७ अर्बको बस्तु आयात

वैशाख ९, २०८१ | काठमाडौं

चालु आर्थिक वर्षको नौ महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २ दशमलव ८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको नौ महिनासम्ममा १२ खर्ब १ अर्ब रुपैयाँ बराबर आयात भएको थियो । यस्तै ९ महिनाको अवधिमा मुलुकबाट १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

 गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात पनि ३ दशमलव ६६ प्रतिशतले घटेको हो । 

०७९ चैतसम्ममा १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो । कुल व्यापार घाटा २ दशमलव ९२ प्रतिशतले घटेर कुल १० खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो ब्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँ थियो ।


प्रतिक्रिया