करीब २४ लाख रुपैयाँ बराबरको सुनसहित एक पक्राउ

श्रावण २४, २०७७ | विराटनगर

मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का ५५ वर्षीया शेमपेन गुप्ता रहेका छन् । 

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको टोलीले गुप्तालाई सुनसहित पक्राउ गरेको हो । उनको साथबाट स्रोत नखुलेको २ सय ६७ ग्राम २ सय २० मिलिग्राम सुन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।  

साईकलमा दूध बोकी हिँडिरहेको अवस्थामा शंका लागेपछि सुरक्षा जाँच गर्ने क्रममा सो परिमाणको सुन फेला परेको हो । उनको साथबाट ५ हजार रुपैयाँ र एक थान मोबाईल सेट समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । 


प्रतिक्रिया