प्रधानमन्त्रीले स्थायी कमिटीलाई सामना गर्न सक्नुभएको छैन : नारायण काजी श्रेष्ठ

श्रावण २२, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 6 August 2020 | 22 Shrawan 2077

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी किमिटीलाई सामना गर्न नसकेर निरन्तर छल्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । कोभिड १९ ले मुलुकमा सृजित समस्या, भारतसंगको सीमा विवाद, सरकारका काम कारवाही लगायतका विषयमा स्थायी कमिटीमा फेस गर्न उहाँले आग्रह गर्नुभयो । 

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै नेता श्रेष्ठले स्थायी कमिटी बैठकमा आफ्ना कुरा स्पष्ट राख्न प्रधानमन्त्री ओलीसंग आग्रह गर्नुभयो । पार्टीमा विधी पद्धती र विचारको बहस भन्दा पनि व्यक्तिगत स्वार्थ, पार्टी पुँजिपती र दलालहरुको चङ्गुलमा फस्दै जाने खतरा वढेको उहाँको भनाई छ र

सरकार बिचौलीयाको घेराबाट बाहिर निस्कन नसेको भन्दै प्रवक्ता श्रेष्ठले लगानीबोर्डमा पछिल्लो नियुक्ती पनि त्यसैको परिणाम भएको बताउनुभयो ।


प्रतिक्रिया