मानसिक स्वास्थ्य समस्याका बारेमा कुरा गर्न ढिला नगरौं : लक्ष्मण नाथ

श्रावण २५, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 9 August 2020 | 25 Shrawan 2077

कोरोनाका बारेमा चाहिनेभन्दा बढी चर्चा गर्दा यसले मानसिक स्वास्थ्यका बारेमा गरेको असरका बारेमा सते कुराकानी गर्न मनोविद् लक्ष्मण नाथले सुझाउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै उहाँले जताततै कोरोनाका बारेमा मात्रै चर्चा परिचर्चा हुँदा यसले समाजमा तनाव बढाएको र यो अब मानसिक स्वास्थ्य समस्यामा परिणत हुने बताउनुभयो ।

विशेषगरी बालबालिका र बृद्धबृद्धाहरु मानसिक स्वास्थ्य समस्याको जोखिममा पर्ने र महामारीका बेला उनीहरुलाई विशेष हेरचाहका साथै प्रशस्त सम्वादमा राख्न मनोविद् नाथले सुझाउनु भयो । कोरोनालेभन्दा बढी मानिसको ज्यान आत्महत्याबाट गइसकेको तथ्याङ्क आफैंले धेरै बोल्ने उहाँले बताउनुभयो । सरकारले यतातिर ध्यान पुर्‍याउन नसके अवस्था थप विकारल हुने नाथको भनाइ थियो ।


प्रतिक्रिया