प्रहरी उच्च मनोबलका साथ माहामारीमा खटिएको छ : प्रबक्ता कडायत

भाद्र १३, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 29 August 2020 | 13 Bhadra 2077

नेपाल प्रहरीले माहामारीको समयमा पनि आफ्ना जनशक्तिले उच्च मनोबलका साथ जनताको सेवामा खटिएको जनाएको छ । विपत्तको समय आफु जोखिममा रहेरपनि प्रभावकारी काम गर्न सफल भएको प्रबक्ता कुबेर कडायतले बताउनुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै उहाँले यावत समस्याका बाबजुत नेपाल प्रहरीले बाहिरी नियन्त्रणमा प्रभावकारी भुमिका निभाएको दाबी गर्नुभयो । जनतालाई सचेतना प्रदान गर्दै माहामारीबिरुद्ध लड्न प्रहरीले सबै किसिमका प्रयत्न जारी राखेको कडायतको भनाई थियो । आगामी परिस्थितीलाई ध्यानमा राखी थप रणनितीका साथ अघि बढ्ने बताउदै प्रबक्ता कडायतले कठिन परिस्थितीमा खटिएका प्रहरीको उचित मुल्याङकन हुने उल्लेख गर्नुभयो ।

सरकारले घोषणा गरेको जोखिम भत्ता लगायतका सुबिधा प्राप्त हुन नसके पनि त्यो छिट्टै निकासा हुने प्रक्रियामा रहेकाले ढुक्क हुन उहाँको आग्रह थियो ।



प्रतिक्रिया