निजामति कर्मचारीहरुले आफूलाई दबाब र प्रभावमुक्त राख्न सक्नुपर्छ : शंकर कोइराला

भाद्र २२, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 7 September 2020 | 22 Bhadra 2077

पूर्वमन्त्री एवं पूर्व सचिव शंकरप्रसाद कोइरालाले दबाब र प्रभावबाट मुक्त राख्न सकेमात्रै मुलुकमा सुशासन कायम हुने बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै उहाँले राजनीतिक नेतृत्वको साखुल्ले बन्ने प्रवृत्ति त्याग्न सके मात्रै निजामती सेवाको साख उचो हुने बताउनुभयो ।

निजामति सेवा सिधै जनतासँग जोडिए पनि उसको उत्तरदायित्व भिन्नै भएकाले जनताप्रति जवाफदेही हुन नसकेको उहाँले बताउनुभयो । जनतालाई सेवा दिन बसेकाहरु आफूलाई राष्ट्रसेवक भने पनि नागरिकलाई भने शाषितजस्तो व्यवहार गर्ने क्रम नरोकिएको कोइरालाको भनाइ थियो ।

राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रलाई र कर्मचारीले राजनीतिक नेतृत्वलाई दोष दिएर उन्मुक्ति लिने गरेकाले समस्या भएको उहाँको भनाइ थियो


प्रतिक्रिया