पार्टीभित्र कमजोरी छन, आवाज उठाउछौ : नेता भीम रावल

आश्विन १२, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 28 September 2020 | 12 Ashwin 2077

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र अझैपनि धेरै कमजोरी रहेको नेता भीम रावलले बताउनुभएको छ । पार्टीभित्रका केहि समस्या हल भएपनि कमजोरी बाँकि नै रहेको उहाँको भनाई छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै नेता रावलले त्यसकाबिरुद्ध आवाज उठाईरहने उल्लेख गर्नुभयो । जनताको ढुकढुकी बन्न निष्ठावान पार्टी बनाउनुको विकल्प नभएको भन्दै नेता रावलले त्यसमा आफुहरुको प्रयास जारी रहने स्पष्ट पार्नुभयो । जनजिवीकाको सवालमा सरकारले गरेका कामकारबाहि सन्तोषजनक हुन नसकेको स्वीकार्दै नेता रावलले त्यसलाई सुधार गर्न नै मन्त्रीपरिषद हेरफेरको गृहकार्य अघि बढेको जिकिर गर्नुभयो ।


प्रतिक्रिया