न्यायलयभित्र सिण्डिकेट र भ्रष्टिकरण बढ्यो : बरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौला

आश्विन १३, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 29 September 2020 | 13 Ashwin 2077

नेपाल बार एसोसिएसनका पुर्ब अध्यक्ष तथा बरिष्ठ अधिबक्ता प्रा.डा युवराज संग्रौलाले न्यायलयभित्र कानुन व्यवसायीको सिण्डिकेटसंगै भ्रष्टाचार समेत बढेको बताउनुभएको छ । न्यायपालिका शुद्धिकरण अभियानमा होमिनुभएका डा.संग्रौलाले यसैको उपज न्यायसम्पादनको पछिल्ला अवस्थामा प्रतिबिम्वित भएको उल्लेख गर्नुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै प्रा.डा संग्रौलाले न्याय क्षेत्रमा रहेका केहि खराव व्यक्तिको प्रभावका कारण यसको विश्वसनियतामा आँच आएको दाबी गर्नुभयो । राजनितिक नेतृत्वले न्यायपालिकालाई गलत रुपमा प्रयोग गरेका कारण समस्या बढ्दै गएको उहाँको भनाई थियो ।


प्रतिक्रिया