कपिलवस्तुमा १ सय ८६ जनाको उम्मेदवारी

कार्तिक १६, २०७४ | कपिलवस्तु

-  मंसिर २१ गते हुने ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्यका लागि कपिलवस्तुमा १ सय ८६ जनाको उम्मेदवारी परेको छ । सबै भन्दा धेरै क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका लागि दलबाट १२ र स्वतन्त्रबाट ११ गरी २३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै प्रदेश सदस्य ३(१) मा दलका १२ र स्वतन्त्र १२ गरी २४ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेश सदस्य ३(२) मा दलबाट १३ र स्वतन्त्रबाट ११ गरी २४ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि दलबाट ११ र स्वतन्त्र ६ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्य १(१) मा दलका ११ र स्वतन्त्र ४ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सदस्य १(२) मा दलका १२ र स्वतन्त्र १८ जनाले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि दलबाट ११ र स्वतन्त्र ५ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सदस्य २(१)मा दलका ११ र स्वतन्त्र ८ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सदस्य २(२)मा दलका ११ र स्वतन्त्र ७ गरी २४ जनाले उम्मेदवारी दिएका छन् ।

 


प्रतिक्रिया