धनुषामा बमको त्रास

मंसिर ३०, २०७६ | धनुषा

धनुषाको महेन्द्रनगरमा प्रहरी निरीक्षक सहित ३ जनाको ज्यान जानेगरी बम विष्फोट भएको घटना सेलाउन नपाउँदै प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बमका कारण त्रास फैलिएको छ । सो घटना पछि धनुषामा त्रास बढेको छ । 

आइतबार साँझ जनकपुरस्थित बागवानीबाट सङ्कट मोचन मन्दिर जाने बाटोमा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको थियो । राति ९ बजे शंकास्पद वस्तु भेटिएको खबर पछि सेनाको टोली बम भनिएको वस्तुलाई सुरक्षा दिए ।

सो शंकास्पद वस्तु बम भएको आशंकामा निष्क्रिय गर्दा राइस कुकरमा माटो तथा तारले बेरेर राखेको भेटियो । हिजो साँझ बम भेटिएको स्थानबाट करीब १ किलोमिटर पूर्वमा जनकपुरमा बमको त्रास बढेको छ । सरस्वती उच्चा माध्यमिक विद्यालय नजिकै भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तु बम नरहेको पुष्टि गरेको हो । सोमबार बिहानै धनुषाको धनुषाधाम नगरपालिका–५ पर्वतास्थित उच्च माध्यमिक विद्यालयमा समेत शङ्कास्पद वस्तु फेला परेको छ । विद्यालयमा शङ्कास्पद वस्तु फेला परेपछि विद्यार्थीमा त्रास बढेको छ । विद्यालयको लेखा शाखाको झ्यालमा सेतो प्लास्टिकमा राखिएको वस्तु बम हुन सक्ने आशङ्कामा प्रहरीले विद्यालय खाली गराएको छ । 


प्रतिक्रिया