रौतहटमा थप १० जनामा कोरोना

जेष्ठ २६, २०७७ | रौतहट

– भारतबाट फर्केर रौतहटको विभिन्न नगरपालीकाको क्वारेन्टिनमा बसेकाहरु थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो समेत रौतहटमा संक्रमितको संख्या ४ सय १० पुगेको छ । उनीहरु सबै भारतबाट घर फर्केकाहरु हुन् । ति मध्ये २१ जना निको भएर घर फर्केका छन् ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले जिल्लाको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जना संक्रमित थपिएको पुष्टि गरेका छन् । उहाँले भारतबाट फर्केर सिधै क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको बताउनुभयो । संक्रमितलाई आईसोलेसनमा राख्ने तयारी भइरहेको उहाँको भनाई छ । यसअघि २१ जना संक्रमितहरु झण्डै तीन साता आईसोलेसनमा बसेर संक्रमणलाई जितेर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण भारतमा रोजगारी गुमेपछि उनीहरु कष्टले घर फर्केर क्वारेन्टाईन बस्दै आएका छन् । अहिले पनि जिल्लाको विभिन्न १८ पालिकाहरुले निर्माण गरेको ६० भन्दा बढी क्वारेन्टिनमा ७ हजार ७ सय ७ जना रहेको प्रजिअ घिमिरले जनाउनुभयो । गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसनमा रहेका १८ जना र वीरगंजमा रहेका ३ जना निको भएर घर फर्किसकेका छन् ।

रौतहटमा स्वाब संकलन गरिएका मध्ये ४ हजार भन्दा बढीको रिपोर्ट आउन बाँकी  छ । भारतका बिभिन्न शहरहरुमा कोभिड १९ को संक्रमणका कारण घर फर्केर क्वारेन्टिन बसेका कादमराहरुमा संक्रमण दखिदैं आएको छ । भारतको दिल्ली, मुम्बई, केरला, हरियाणा लगायतका शहरहरुमा काम गर्न गएकाहरु कोभिड १९ को सक्रमण बढ्न थालेपछि त्यहाँको सरकारले जारी गरेको लकडाउनका कारण नेपालीहरु उतै फसेका थिए । तर पछिल्लो समय लकडाउन खुकुलो बनाए पछि अहिले धमाधम घर फर्केका छन् । जिल्ला प्रशासन र स्थानिय तहले भारतबाट फर्केकाहरुलाई समुदायमा घुलमिल गर्न नदिई सिधै क्वारेन्टिनमा ल्याएर राखेको थियो । झण्डै डेढ साता क्वारेन्टिन बसेपछि उनीहरु स्वाब परीक्षणका लागि पठाईने गरिएको छ । 


प्रतिक्रिया