२०८० मा ४ जना शिक्षा मन्त्री बने !

वैशाख १, २०८१

२०८० को शैक्षिक गतिविधि नियाल्दा उपलब्धिमूलक नै रह्यो । एक वर्षको अवधिमा संघीय सरकारले ४ वटा शिक्षा मन्त्री पायो । २०७८ असोज २२ मा देवेन्द्र पौडेल शिक्षामन्त्री बने । त्यसपछि गठबन्धन सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले पनि १९ दिनका लागि शिक्षा मन्त्री बन्ने मौका पाए । त्यसपछि जनता समाजवादी पार्टीका अशोककुमार राई शिक्षा मन्त्री बनेका थिए । तत्कालीन शिक्षामन्त्री राईले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएर पारित गरे । 

विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अन्ततः संसदबाट पारित भई दफावार छलफलका लागि शिक्षा समितिमा पठाइएको छ । विद्यालय शक्षिा विधेयकलाई लिएर शिक्षकले झण्डै एक साता काठमाण्डौं केन्द्रित प्रदर्शन गरे । लामो समय आन्दोलन गरेका शिक्षक र सरकारबीच ६ बुंदे सहमति भएपछि आन्दोलन मत्थर बनेको थियो । आन्दोलनका क्रममा प्रदर्शनमा ७७ वटै जिल्लाका शिक्षक भेला भएका थिए ।

विद्यालय शक्षिा विधेयकलाई लिएर शिक्षकले झण्डै एक साता काठमाण्डौं केन्द्रित प्रदर्शन गरे । लामो समय आन्दोलन गरेका शिक्षक र सरकारबीच ६ बुंदे सहमति भएपछि आन्दोलन मत्थर बनेको थियो । आन्दोलनका क्रममा प्रदर्शनमा ७७ वटै जिल्लाका शिक्षक भेला भएका थिए ।

उनैले दर्ता गराएको उच्च शिक्षा विधेयक भने विचाराधिन अवस्थामा छ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ शिक्षा मन्त्री बनेकी छन् । यस्तै शिक्षामन्त्री श्रेष्ठले स्नातक तहको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै माध्यमबाट छाप्ने निर्णय गरेपछि विद्यार्थीमा उत्साह जागेको छ । नयां पार्टीकी युवा नेतृलाई शिक्षामन्त्रीका रुपमा पाउंदा शिक्षा क्षेत्रको बेथिति कम हुनेमा सर्वसाधारणमा आशा जागेको छ ।

यही वर्ष त्रिभुवन विश्वविद्यालय लगायत पूर्वाञ्चल, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपतिका लागि खुला प्रतिष्पर्धाबाट नियुक्ति प्रक्रिया शुरु भएको छ । प्रतिष्पर्धाका आधारमा कार्यविधिसहित आवेदन माग गरेर उपकुलपति नियुक्ति गर्ने प्रक्रियाबाट त्रिभुवन विश्वविद्यालयमा गत फागुन ११ गते केशरजंग बराल उपकुलपति नियुक्त भइसकेका छन् ।

यस वर्षको शैक्षिक सत्रका लागि पनि समयमै पाठ्यपुस्तक पुगेको छ । विद्यालय शिक्षाको पाठ्यपुस्तक छपाई तथा वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक अनिल कुमार झाले पाठ्यपुस्तक छपाईमा कुनै व्यवधान नरहेकाले समयमै विद्यार्थीको हातमा पुर्‍याउन सफल भएको बताए । गत वर्षदेखि केन्द्रले समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याएको छ ।

त्रिभुवन विश्वविद्यालयले पहिलो पटक २०८० माघ १५ गतेदेखि अनलाइन सेवा शुरु ग¥यो । ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने त्रिविले अनलाइन व्यवस्था गरेपनि विद्यार्थीले भने सेवा लिन सकेका छैनन् ।

सरकारले यसअघि कक्षा ६ सम्म दिदैं आएको दिवा खाजा २०८० मा कटौती गर्‍यो । दिँदै आएकोमा ०८० मा भने कटौती गर्‍यो। 


प्रतिक्रिया