नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक

वैशाख १४, २०८३ | काठमाडौं

अर्थ मन्त्रालयले मुलुकको आर्थिक पक्षका विविध अवस्थाको विश्लेषणसहित आर्थिक स्थितिपत्र सार्वजनीक गरेको छ । आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गदैँ ५ देखि ७ वर्षभित्र प्रति व्यक्ति आय ३ हजार अमेरिकी डलर नाघ्ने र अर्थतन्त्रको आकार सय अर्ब अमेरिकी डलर नजिक पु¥याई नेपाललाई सम्मानजनक मधम आय भएको मुलुक बनाउने आधारहरु रहेको मन्त्रालयको भनाइ छ ।

अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनीक गरेको छ । मन्त्रालयले आर्थिक रूपान्तर्णका संवाहक क्षेत्र पहिचान गरी स्थितिपत्र सार्वजनीक गरेको हो । जस्मा आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गदैँ ५ देखि ७ वर्षभित्र प्रति व्यक्ति आय ३ हजार अमेरिकी डलर नाघ्ने र अर्थतन्त्रको आकार सय अर्ब अमेरिकी डलर नजिक पुगाई नेपाललाई सम्मानजनक मध्याम आय भएको मुलुक बनाउने विभिन्न आधारहरु तयार पारेका छ । मन्त्रालयले सोमबार सार्वजनीक गरेका गरेको स्थितिपत्रमा विभिन्न विषयहरु समेटी मध्याम आय भएको मुलुक बनाउने उल्लेख गरीएको छ । 

मन्त्रालयद्धारा सार्वजनीक स्थितिपत्रमा भनीएको छ विद्युत उत्पादनमा कुल जडित क्षमता आगामी ५ वर्षभित्र १५ हजार मेगावाटसम्म पु¥याउने, राष्ट्रिय गैरवका महत्वपुर्ण आयोजनाहरुको निर्माण कार्य आगामी २ वर्षभित्र सम्पन्न गर्ने , त्यस्तै रणनितिक महत्वका नयाँ आयोजनाहरु विकास गर्नेलगायतका पुर्वाधार विकासबाट निजी लगानी समेत आकर्षित भई आर्थिक वृद्धिमा तिब्रता आउने मन्त्रालयको भनाई छ । 

त्यसैगरी कृषिको आधुनिकीकरण र व्यवसायीकरण गदैँ उद्ययोग र पर्यटनसँग दरिलो अन्तरआवद्धता मार्फत उत्पादनमुलक रोजगारी अभिवृद्धि हुने भनीएको छ । र पर्यटन क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास र पर्यटकीय सेवा तथा आवागमनमा सहजता मार्फत रोजगारी र आय अभिवृद्धि हुने स्थितिपत्रले देखाएको छ । यसैबिच मन्त्रालयले कृक्रिम बौद्धिकता उपयोग सहितको सूचना तथा प्रविधिको उपयोग र डिजिटल अर्थथन्त्र निमार्णबाट उत्पादन, उत्पादकत्व रोजगारी र निर्यात अभिवृद्धि हुने बताएको छ ।

यस्तै मन्त्रालयले अर्थिक वृद्धि तथा उत्पादनको संरचना पनि तयार गरेको छ । जस्मा नेपाललले आर्थिक वृद्धि तुलनात्मक रुपमा न्युन र अस्थिर रहेको बताईएको छ । पछिल्लो १ दशकको अवधिमा वार्षिक औसत आर्थिक वृद्धि ४ दशमलव २ प्रतिशत रहेको छ । र यस अवधिमा नेपालको अर्थतन्त्र न्युनतम २ दशमदव ४ प्रतिशतको सङकुचनदेखि अधिकतम ९ दशमदव ० प्रतिशतसम्मको विस्तार भएको बताईएको छ । 

यस्तै अर्थतन्त्र कृषिबाट आद्योगिकिकरण नहुदैँ सेवा क्षेत्रतर्फ विस्तार भएको मन्त्रालयको भनाई छ । यस्मा अर्थतन्त्रमा उद्ययोग र कृषि क्षेत्रको योगदान खुम्चिदै जादाँ सेवा योगदान विस्तार हुँदै गएको पाईएको छ । र अर्थतनत्र परम्परागत कृषिमा आधारीत रहेको बताईएको छ भने उत्पादनमुलक उद्योगको अवस्था कम्जोर रहेको अर्थिक वृद्धि तथा उत्पादनको संरचनामा राखिएको छ । 

यसैबिच पछिल्लो दशकमा विद्युत उतपादनमा उल्लेख्य उपलब्धी हासिल भएको पनि बताईएको छ । र सेवा क्षेत्रको विस्तार भएपनि मर्यादित रोजगारीका अवसरहरु पर्याप्त मात्रामा सिजर्ना हुन नसकेको पाईएको छ । स्वदेशमा रोजगारीका अवसर सीमित हुदाँ वैदेशिक रोनगारीमाथिको निर्भता बढ्दो क्रममा रहेको देखिएको छ भने अर्थिक रुपान्तरणका लागि जलविद्युत् वन र खनिज स्रोतहरु प्रमुख आधार भएपनि यिनको अपेक्षित उपयोग गरी समृद्धि र आत्मनिर्भरतासँग जोड्न नसकिएको देखिएको छ । 

यसैबिच पर्यटनको प्रचुर सम्भावना र पूर्वाधार विकास हुदैँ गएपनि बाह्रै महिनाको गन्तव्य बन्न नसकेको पनि आर्थिक स्थितिपत्रले स्पष्ट पारेको छ । 


प्रतिक्रिया