सोमबारबाट भीम अस्पतालको ओपीडी सेवा बन्द

कार्तिक ३, २०७७ | भैरहवा

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा आजदेखि ओपीडी सेवा बन्द गरिएको छ । चिकित्सक लगायत अस्पतालका कर्मचारी कोभिड–१९ को संक्रमण पुष्टि भएपछि ओपीडी सेवा बन्द गरिएको हो । 

अस्पतालका सूचना अधिृकत डा.नारायण पोखरेलले चिकित्सक लगायत ११ जना कर्मचारी संक्रमित भएपछि काम गर्ने जनशक्तिको अभाव हुन थालेकाले ओपीडी सेवा बन्द गर्नु परेको बताउनुभयो । 

ओपीडी सेवा बन्द गर्ने निर्णय अस्पताल प्रशासनले आइतबार गरे सोमबारबाट मात्रै बन्द गरिएको हो । कर्मचारी बिचमा एक अर्कालाई सर्ने जोखिम धेरै भएकाले ओपीडी सेवा दशैंसम्मका लागि बन्द गरिएको हो । 

चिकित्सक, नर्स, प्रशासनका कर्मचारी, कार्यालय सहयोगी गरी ११ जना संक्रमित भएका छन् । प्रसूति सेवा, इमर्जेन्सी कक्ष, ड्रेसिङ्ग, इन्जेक्सनको सेवा भने सञ्चालनमै रहेको अस्पताल प्रशासनले जनाएको छ । 


प्रतिक्रिया