रुपन्देहीको सियारीमा स्वास्थ्य केन्द्र भवन निर्माण गरिने

मंसिर २२, २०७७ | भैरहवा

रुपन्देहीको सियारी गाउँपालिका–२ मा स्वास्थ्य केन्द्र भवन निर्माण हुने भएको छ । अर्घाखाँची सिमेन्ट उद्योग प्रालिले करीब १ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागेको सो भवनको आज कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले शिलान्यास गर्नुभयो । 

सो क्षेत्रमा स्थास्थ्य केन्द्र निर्माण गर्ने योजना केही वर्ष अघिदेखि नै भएपनि अब भने मूर्तरुप पाउने उद्योगका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले बताउनुभयो । 

उद्योग परिसर क्षेत्रमा स्वास्थ्य सेवा अभावको महसुस गर्दै स्वास्थ्य केन्द्र भवनको निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्र भवन यसै आर्थिक वर्षमा सम्पन्न गरी हस्तान्तरण गर्ने योजना छ । सो भवनमा सियारी गाउँपालिकाले ५ शैय्याको अस्पताल सञ्चालन गर्नेछ । 

स्वास्थ्य केन्द्र भवन यसै आर्थिक वर्षमा सम्पन्न गरी हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । उद्योगका महाप्रबन्धक उद्वव कार्कीले उद्योगले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत सामाजिक कार्यमा हरेक वर्ष सहयोग गर्दै आएको भन्दै स्वास्थ्य क्षेत्रमा भने यो लगानी पहिलो भएको बताउनुभयो ।


प्रतिक्रिया