मेरी स्टोप्स् नेपालको नि:शुल्क हेल्पलाइन नम्बर “११४३” सुरु

पुस २२, २०७७ | काठमाडौं

परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा नि:शुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु गरेको छ । 

सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धीसेवाहरूप्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई रोजाईले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ । ११४३ हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाईमा प्रजनन् सम्बन्धि निर्णय लिन सहयोग गर्दछ ।

सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स् इन्टरनेसनलको नेपालका लागि कार्यरत संस्था हो ।

११४३ मा काउन्सेलरहरूसाग कुरा गर्न सकिनेछ । उनीहरुले प्रजनन् सम्बन्धि रोजाईका बारेमा मार्गनिर्देशन दिने जनाइएको छ । । संस्थाले सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । 


प्रतिक्रिया