रसुवामा ४ दिने निशुल्क दन्त शिविर सम्पन्न

चैत्र १७, २०७७ | रसुवा

सक्षम सोसाईटी नेपाल रसुवा र ह्योल्मो हेल्पिङ ह्याण्डस नेपालको आयोजनामा ४ दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ । दन्त शिविर गोसाइँकुण्ड गाउँपालिकाको थुुमन, टिमुरे र बृद्धिममा सम्पन्न भएको हो । 

सो शिविरबाट ८ सय ४० जनाले निशुल्क सेवा पाएको सक्षम सोसाईटी नेपाल रसुवाका अध्यक्ष पासाङ लामाले बताउनुभयो । सो शिविरमा २ सय २० जनाको दांत निकाल्ने, भर्ने र सफा गर्ने काम गरिएको छ । 

गाउँमै निशुल्क दन्त शिविरको सेवा पाउँदा स्थानीयहरु खुसी भएका छन् । शिविर सञ्चालन गर्न गोसाइँकुण्ड गाउँपालिकाले आर्थिक सहयोग गरेको सक्षम सोसाईटी नेपाल रसुवाका महासचिव अजय लामाले बताउनुभयो । 

सो शिविरमा काठमाडौं मोडेल अस्पताल र स्कूल ओलार हेल्थको प्राविधिक सहयोग रहेको थियो । सो संस्थाले शिविर सँगसँगै तामाङ सम्पदा मार्गको विभिन्न ठाउँमा सरसफाइ पनि गरेको छ । सक्षम सोसाईटी नेपाल रसुवाले जिल्लामा स्वास्थ्य, सरसफाई, वातावरण संरक्षण लगायत सामाजिक काम गर्दै आएको छ ।


प्रतिक्रिया