कोरोनाको ग्राफ उकालो लाग्दै

असार ९, २०७९

पछिल्लो केही दिन यता स्थिर रहेको कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । एक साताअघि १६ जना रहेको संक्रमितको संख्या बढेर आज ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक २ हजार ४ सय ९४ जनामा गरिएको नमुना परीक्षणबाट ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक संक्रमित भएका संख्याका अनुसार संक्रमण दर १ दशमलव ९६ प्रतिशत बढी पुगेको छ । एक साता अघि संक्रमण दर शुन्य दशमलव ७० प्रतिशत रहेको थियो । 

संक्रमण दर समेत बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सावधानीका मापदण्ड कडाईका साथ अपनाउन आग्रह गरेको छ । मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले रेडियो कान्तिपुरसंग कुरा गर्दै कोरोना संक्रमण दर घटेसंगै स्वास्थ्य सावधानीका आपदण्डमा लापरवाही भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले छिमेकी मूलुक भारतमा कोरोना संक्रमणको ग्राफ निक्कै बढेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो । अन्य संक्रामक रोग पनि बढ्न थालेको भन्दै उहाँले स्वास्थ्य सावधानीका मापदण्ड कडाईका साथ लागु गर्न आग्रह गर्नुभयो । 


प्रतिक्रिया