बल्ल सुरु भयो वीपी प्रतिष्ठानको आफ्नै फार्मेसी

भाद्र ३०, २०७९

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै फार्मेसी संचालनमा ल्याएको छ । सरकारले ०७२ सालमा अस्पताल फार्मेसी निर्देशिका बनाएर हरेक सरकारी अस्पतालले आफ्नो फार्मेसी संचालनमा ल्याउनुपर्ने नीति बनाएको थियो । तर सरकारले प्रतिष्ठानमा फार्मेसी संचालनका लागि आर्थिक सहयोग नगरेपछि लामो समयसम्म प्रतिष्ठान फार्मेसीविहिन भएको थियो । 

प्रतिष्ठानको आफ्नै फार्मेसी नहुँदा उपचारका लागि पुगेका विरामी बाहिरका औषधी पसलबाट महंगोमा औषधी खरिद गर्न बाध्य हुँदै आएका थिए । प्रतिष्ठानको आफ्नै फार्मेसी संचालनमा आएपछि अवदेखि विरामीहरुले प्रतिष्ठानबाहिरको औषधी पसलमा महंगोमा औषधी खरिद गर्न जानु नपर्ने भएको छ । प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले फार्मेसी उद्घाटन गर्दै सरकारको नीति अनुसार प्रतिष्ठानले फार्मेसीमा सर्वसाधारणलाई सस्तो र सुलभ मुल्यमा औषधी विक्रि गर्ने बताउनुभयो ।


प्रतिक्रिया