जिल्ला अस्पताल सल्यानमा फिजियोथेरापी सञ्चालनमा

माघ २१, २०७९ | सल्यान

जिल्ला अस्पताल सल्यानमा फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ । थेरापीका लागि जिल्लावासीलाई बाहिर जानु पर्ने बाध्यता अन्त्यका लागि फिजियोथरोपी सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल सल्यानका ईन्चार्ज एमडीजीपी डा. अभिषेक सिहंले फिजियोथेरापी सेवा सञ्चालनका लागि दरबन्दीमा एक जना थेरापिष्ट आएको र शारीरिक व्यायामका लागि सामग्री आएको बताउनुभयो । 

उहाँका अनुसार हाडजोर्नी, ढाड लगायत शरीरका विभिन्न भागको दुखाईबाट लामो समयदेखि पीडित जिल्ला बाहिर उपचार गर्न जानु पर्दा थेरापी सेवाका लागि धेरै खर्च र समस्या झेल्दै आएका थिए । अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले थेरापी सेवालाई प्रभावकारी बनाउन आवश्यक सामग्री र स्थानका लागि पहल भइरहेको बताउनुभयो ।


प्रतिक्रिया